१९ साउन, गुल्मी । इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटमा रोपाइँ सुरु भएको छ । वर्षा सुरु भएपछि कृषकले रोपाइँ सुरु गरेका हुन् ।
लामो समयदेखि वर्षा नहुँदा यहाँ धान रोप्न समस्या भएको थियो । केही किसानले भने बीउ नै बिग्रिन थालेपछि मोटरले पानी तानेर रोपाइँ गरेका थिए । केही कृषकले सुक्खा ठाउँमै धान रोपेका थिए ।
आइतबारदेखि वर्षाले खेतमा पर्याप्त पानी जमेपछि किसानलाई राहत भएको हो । वर्षा नहुँदा धान रोप्न नपाएका किसा खुसी भएका छन् ।
स्थानीय किसान ढालबहादुर केसीका अनुसार अहिले खेतमा राम्रोसँग पानी जमेकाले धान रोपाइँ गर्न सहज भएको छ । ढिलो भए पनि मौसमले साथ दिएको भन्दै उनले खुसी व्यक्त गरे ।
f
